AArya
RUMPUM
animated ellipse animated ellipse

फेरि भेटियो प्लास्टिकको चामल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ श्रावण २०७६, मंगलवार ०८:०४
3
Shares
इटहरी । इटहरी २० तरहरामा पकाएको भात बल जसरी उफ्रिएपछि स्थानीय आक्रोशित भएका छन् ।

इटहरी–१० खनारको दर्शन प्रिमियम मन्सुली चामल जय सरस्वती सेलर मिलले उत्पादन गरेको चामलको भात बल जसरी उफ्रिएपछि स्थानीय आक्रोशित बनेका हुन् ।

हामीले हिजो साँझ तरहराबाट किनेर ल्याएका हौँ, गीतामाया थापाले भनिन्,‘हिजो पकाएर खाँदा असहज भएको भए पनि आज खानामा प्लास्टिक मिसिएको पुष्टि भयो ।’ उनका अनुसार अरुबेला खाना बनाउँदा केही समस्या नभए पनि उक्त चामलमा भने ढिलो पाक्ने र खाएपछि पेट दुख्ने समस्या देखिएको बताइन् । उनले खानाको स्वाद अर्कै आएकाले डल्ला पारेर उफर्दा उफ्रिएपछि शंका लागेको बताइन् ।

‘बेलुकी घरमा ल्याएर खाइयो, खाएपछि पेट दुख्यो,’ रुपक थापाले भने, अहिले हेर्दा डल्लो पर्ने र बल जसरी उफ्रिने हुन्छ, प्लास्टिक मिमिएको रहेछ । यो समाचार राजधानी दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर