पूर्वाञ्चल खबर
विराटनगर / आज एकै दिन प्रदेश १ का तीन जिल्ला झापा, इलाम र सुनसरीमा मदन भण्डारी स्पोर्टस् एकाडेमी पुन गठन गरिएको छ ।
झापा र सुनसरीमा एकाडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठको उस्थितीमा र इलाममा एकाडेमीका अध्यक्ष सागर थापाको उपस्थितीमा पुन गठन गरिएको हो । जस अनुसार इलाममा जिल्ला शाखाको अध्यक्षमा मिलन खत्री, उपाध्यक्षमा सोम राई, सेवक देवान र विप्लव थापा, सचिवमा अभिषेक पौडेल, सह–सचिवमा सुनिल दास र मनिषा अधिकारी, कोषाध्यक्ष नयन राई निर्वाचित भएका छन् ।
एकेडेमीका प्रदेश १ सह–सचिव रोहित कोइरालाका अनुसार इलाममा खत्रीको अध्यक्षतामा २९ सदसीय समिति चयन गरिएको हो ।
भmापामा चन्द्र प्रसाईको अध्यक्षतामा २९ सदसीय कमिटी निर्वाचित भएको छ । ज्ञानेन्द्र राई उपाध्यक्ष, सचिवमा दिपक वराल, सहसचिवमा दिगम पराजुली, कोषाध्यक्षमा रोजिना पाण्डे निर्वाचित भएका छन् ।
यता सुनसरीमा होमनाथ धमलाको अध्यक्षतामा २५ सदसीय समिति निर्वाचित भएको छ । जसको उपाध्यक्ष अरुण राई, सचिवमा सुरेश चापागाई, सह–सचिवमा ऋतिक यादव र कोषाध्यक्ष रमेश सावाँ लिम्बु रहेका छन् ।
भmापाको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले मदन भण्डारी स्पोर्टस् एकेडेमी कसैलाई नेतृत्व दिन नभई खेल क्षेत्रको विकास र प्रवर्धनका लागि भएको भन्दै यसै अनुसार लाग्न नवनिर्वाचितहरुलाई आग्रह गरे । उनले एकेडेमीले के दिन्छ भन्ने नभई एकेडेमीबाट खेल क्षेत्रकालागि के गर्न सकिन्छ भनेर सोच्न आग्रह गरे ।
संघीय संरचनामा देश गएपछि स्थानीय तहमा गएको अधिकारको सदुपयोग गर्दै खेल क्षेत्रको विकास र प्रवर्धनमा स्थानीय तह सक्षम रहेको भन्दै मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश १ का अध्यक्ष सागर थापाले उपयुक्त योजनाकासाथ अघि बढ्न नव निर्वाचितहरुलाई निर्देशन दिएका छन् ।
अध्यक्ष थापाले सबै जिल्लालाई सकृय बनाउँन र सार्थक परिणाम प्राप्तिकालागि प्रदेशका सबै जिल्लामा शाखा गठन तथा पुन गठनको अभियान सुरु गरिएको बताए ।