RUMPUM
animated ellipse animated ellipse

धारिलो हतियार प्रहार गरि भारतीय नागरिकको हत्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ श्रावण २०७६, सोमबार १८:२३
3
Shares

सुनसरी / सुनसरीको देवानगंज गाउँपालिका २ रामजानकी मन्दिर परिसर भित्र आज धारिलो हतियार प्रहारबाट १ जना भारतीय नागरिकको हत्या भएको छ ।

हतियार प्रहारबाट भारत घर भई सोही मन्दिरमा ३ ४ दिन देखि बस्दै आईरहेका ५५ वर्षिय विलु यादबको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यादवलाई आज सोही स्थानका ५० वर्षिय महानन्द मेहेताले घाँटीमा धारिलो हतियार प्रहार गरेका हुन् ।

हतियार प्रहारबाट यादबको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय देवानगंज र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले हतियार प्रहार गर्ने मेहतालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर