RUMPUM
animated ellipse animated ellipse

कर्मचारीको काम प्रती असन्तुष्ट रहेका मुख्यमन्त्री राईद्वारा कर्मचारीलाई कडा निर्देशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ श्रावण २०७६, सोमबार १६:४१
3
Shares
फाइल तस्वीर

विराटनग /प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीको पछिल्लो गतिविधी र काम कारबाहीप्रति प्रदेश सरकार पूर्ण रुपमा असन्तुष्ट रहेको बताएका छन् ।

प्रदेशको वन मन्त्रालय अन्तर्गतका डिभिजन वन कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका सडक, सिँचाई, खानेपानी र यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुसँग मुख्यमन्त्री असन्तुष्ट देखिएका हुन् । कर्मचारीसँग आक्रोसित बनेका उनी कर्मचारीप्रति कठोर रुपमा पनि प्रस्तुत भएका छन् । आफ्नै निर्देशनमा यी कार्यालयका प्रमुखहरुलाई विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएरै आज मुख्यमन्त्री राईले विशेष निर्देशन दिए ।

यसलाई कर्मचारीप्रति मुख्यमन्त्री राई आक्रामक रुपमा प्रस्तुत भएर कठोर बन्न थालेको रुपमा लिइएको छ । लामो समय द्धन्द्ध, अभाव र गरिवीमा गुज्रिएर पछिल्लो समय जिम्मेवार र महत्वपूर्ण घडीबाट मुलुक अघि बढिरहेका बेला कर्मचारी भने कमिसन माग्ने, भ्रष्टाचार गर्ने, घुस खाने र जनताको काममा ढिलासुस्ती गर्ने जस्ता गतिविधी र विवादमा मुछिने गरेको भन्दै उनले आपत्ति जनाए । यी सबै गतिविधी समृद्ध नेपाल, सुखी नेपाली भन्ने सरकारको अभियान विरोधी रहेको उनको तर्क छ ।

‘पुरानो मानसिकता हटाएर संविधान र संघीयता कार्यान्वयन गरेर नयाँ नेपाल निर्माण गरेर इतिहास बनाउनु पर्ने मुख्य जिम्मेवारी हामी माझ छ,’ उनले भने, ‘तर कर्मचारीहरु चैं जनताप्रति जिम्मेवार र उत्तरदायी बन्न सकेनन् ।’ असार ३० गते सिँचाई डिभिजन विकास कार्यालय भोजपुरका प्रमुख एवं सिनियर डिभिजन ईन्जिनियर मोहनबाबु यादव एक लाख ८० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेको उल्लेख गर्दै मुख्यमन्त्री राईले कार्यालय प्रमुखलाई बोलाएर बैठक गर्न जरुरी देखिएको बताए । उनले भने, ‘कर्मचारी विभिन्न खाले विवादमा मुछिन र घुससहित रंगेहात पक्राउ पर्न थाले । अरु घटना हुनु नदिन सबै जनालाई एकै ठाउँमा राखेर आकस्मिक रुपमा कुरा गर्नु पर्ने अवस्था बन्यो ।’

कर्मचारीले गर्ने गरेका अनियमितता र भ्रष्टाचार लगायतका विषयमा आफूले थुप्रै सूचना प्राप्त गरको बताउँदै उनले भने, ‘प्रदेश सरकार बिना सूचना चुप लागेर बसेको छैन । विशेष सूचनाका आधारमा सबै कुरालाई नजिकबाट नियालिरहेको छ ।’ कमिसन र घुसका नाममा विभिन्न सेटिङ मिलाउने काम भएको भन्दै राईले तत्काल यस्ता काम बन्द गर्न र नभए कारबाहीको भागिदार बन्न कार्यालय प्रमुखलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर