पूर्वाञ्चल खबर
झापा / लागुऔषध ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ परेका छन् ।
आज दिउँसो झापाको मेचिनगर नगरपालिका–६ भन्सार गेट अगाडीबाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई झापा प्रहरीले पक्राउ परेका हो ।
भारतबाट नेपालतर्फ आउदै गरेको मे १० प १६८७ नम्बरको मोटरसाईकलमा सवार व्यक्तिहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्ने क्रममा चालक कमल गाउँपालिका–४ केर्खाका ३१ बर्षिय मोहन सुवेदी र पछाडी सवार सोही गाउँपालिका–३ का २८ बर्षिय युवराज गुरुङले मुखमा हाली ल्याएको ३ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।