RUMPUM
animated ellipse animated ellipse

प्रहरी नायव निरीक्षक टिकाराम सुनुवार असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ श्रावण २०७६, शनिबार ०९:५९
3
Shares

विराटनगर / जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक टिकाराम सुनुवार असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

विभागीय मूल्य, मान्यता,आदेश,निर्देशनको पालना गरी व्यवसायिक, लगनशील, कर्तव्यनिष्ठ र उच्च मनोवलका साथ कर्तव्यपथमा तल्लीन रही कार्य सम्पादन गर्ने क्रममा यस प्रदेश अन्तर्गत संखुवासभा जिल्लामा घटेका संगठित अपराध, हातहतियार तथा खरखजाना,बिष्फोटक पदार्थजस्ता जघन्य प्रकृतिका अपराधहरुको गहन विश्लेषण,सफल अनुसन्धान तथा उच्च मनोवल र साहसकासाथ अपराधिक गतिबिधिमा संलग्न अभियुक्त एवं ठूलो परिमाणमा आधुनिक हातहतियार समेत पक्राउ गरीकानूनी दायरामा ल्याई आम नागरिकहरु समक्ष सुरक्षाको अनुभूती दिलाई प्रहरी संगठनको छवि उच्च बनाई प्रशंसनिय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक टिकाराम सुनुवारले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर