पूर्वाञ्चल खबर
झापा / झापामा लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । बाह्रदशी गाउँपालिका–३ चकचकीका २८ बर्षीय मोहमद रियाज लागुऔषध ब्राउन सुगर पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शुक्रवार राती साढे ९ बजे रियाजलाई ४.५० ग्राम ब्राउनसुगर सहित बिर्तामोडबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका रियाजलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।