AArya
RUMPUM
animated ellipse animated ellipse

जेनिथ कलेजद्धारा विद्यार्थी सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ श्रावण २०७६, शुक्रबार २१:३९
3
Shares

विराटनगर । जेनिथ इन्टरनेशनल कलेज विराटनरले आधा दर्जन विद्यार्थी सम्मानित गरेको छ ।

कलेजमा आज आयोजित कार्यक्रममा मिस नेवा ११३९ मा दोश्रो भएकी सुनयना श्रेष्ठ र मार्केटिङ एक्सिलेन्स अवार्डमा दोश्रो भएका स्वेता श्रेष्ठ मास्के, तनुजप्रसाद चौधरी, सिद्धार्थ पोद्धार, सोनम यादव, राजु गुप्तालाई सम्मानित गरिएको थियो ।

एमवीए प्रथम सेमेष्टरकी श्रेष्ठ मिस नेवा ११३९ को प्रतिष्पर्धामा दोश्रो भएकी थिईन ।यस्तै वल्र्डलिंक कम्युनिकेशनले काठमाडौंमा आयोजना गरेको ‘मार्केटिङ एक्सिलेन्स कम्पिटिसन २०१९’ मा जेनिथका विद्यार्थीहरूले नेपालभरीका कलेजलाई उछिन्दै मार्केटिङ एक्सिलेन्स अवार्डको फस्ट रनरअप उपाधि जितेको थियो ।

एमवीए र वीवीएको विभिन्न सेमेष्टरका विद्यार्थीले मार्केटिङ एक्सिलेन्स अवार्ड जितेका थिए । विद्यार्थीले अवार्ड सहित १ लाख जितेका थिए । सो रकम कलेजले विद्यार्थीलाई सम्मान स्वरुप हस्तान्तरण गरेको छ ।

सम्मान कार्यक्रममा कलेजका कार्यकारी निर्देशक प्रा.डा. दुर्गानन्द चौधरी, प्रा.डा. प्रमोदकुमार झा, पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष डा.सन्देश दास श्रेष्ठ, क्याम्पस प्रमुख सन्दिप दास श्रेष्ठलगायतले उपाधि हात पार्न सफल विद्यार्थीलाई बधाई दिदै सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर