पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरमा रहेको शिक्षादीप कलेजले १२ औ ब्याचका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी विहिबार सम्पन्न गरेको छ ।
गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ विज्ञान संकायका भर्ना भएका ६ सय २० विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी ह्यापी लाईफ एजुकेशनका निर्देशक तथा उत्पेरणक डा. तारा गिरी, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, विज्ञान संकायका कार्यक्रम संयोजक बसन्त बस्नेत, डा. इन्दुशेखर झा र एसोसियट प्रोफेसरलगायतले कलेजको बारेमा जानकारी गराएका थिए ।