AArya
RUMPUM
animated ellipse animated ellipse

१ सय ५६ वाढी पीडितलाई सहायता सामाग्री वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ श्रावण २०७६, बुधबार १९:३२
9
Shares
विराटनगर / वल्र्ड भिजन इन्टरनेशनल नेपाललेले आज बाढी पीडितलाई सहायता सामाग्री वितरण गरेको छ ।

मोरङ कार्यक्षेत्रका ४ वटा स्थानीय तहका ७ वटा वडाका १ सय ५६ परिवारलाई सहायता सामाग्री वितरण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसको आधारमा कार्यक्षेत्रका कटहरी गाउँपालिकाको वडा नं. ५ र ६, बुढीगंगा गाउँपालिकाको ६ र ७, ग्रामथान गाउँपालिकाको १ र २ र सुन्दरहरैचा नगरपालिकाको १ नं. वडाका बाढी पीडितहरुलाई सहायता सामाग्र वितरण गरिएको वल्र्ड भिजन इन्टरनेशनलका प्रतिनिधि प्रमिल अधिकारीले बताए ।

स्थानीय विपद् व्यवस्थापन समितिसँगको समन्वयमा सहायता सामाग्री वितरण गरिएको उनले बताए । बाढी पीडितलाई २ वटा झुल, १ थान सोलार लाईट, २ थान म्याट, २ थान त्रिपाल, २ थान व्लाङकेट, २ थान नाइलन डोरी गरि ८ हजार बढीको सहायता सामाग्री वितरण गरिएको अधिकारीले बताए । उनका अनुसार जहदा गाउँपालिकामा पनि ५० सेट सहायता सामाग्री वितरण गरिएको छ ।

नारी विकास संघ विराटनगरले वल्र्ड भिजनसँगको सहकार्यमा मोरंगको ५ वटा स्थानीय तहमा विपद् जोखिम न्युनीकरणका लागि विभिन्न कार्य समेत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर