पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरको ब्यस्त बजार महेन्द्र चोकस्थित हिमालय हल अगाडी रहेको एक मोवाईल पसलमा चोरी भएको छ । ओप्पो तथा जीओनी कम्पनीका मोवाईलको आधिकारिक बिक्रेता रहेको सनराईज ईन्टरप्राईजेजमा आज मध्यरातीको समयमा चोरी भएको हो ।
विराटनगरको ट्राफिक चौकबाट करिब २ सय मिटरको दूरीमा अवस्थित सनराईज ईन्टरप्राईजेज प्रालिमा चोरी भएको मोरङ प्रहरीले जनाएको छ ।
पसलबाट करिव १२ लाख रूपैयाँ बराबरको मोबाइल तथा ल्यापटप चोरी भएको जानकारी दिए । उनका अनुसार, ल्यापटप २ थान, ट्याब २ थान, मोबाइल ४१ थान, पावर ब्यांक १० थान, ब्लुटुथ डिभाईस ५ थान, मोबाइल कभर २ सय थान र नगद ४० हजार रूपैयाँ चोरी भएको सञ्चालक राईले जानकारी दिए ।
पसलको सटर फोडेर चोरी भएको मोरङ प्रहरीले जनाएको छ । चोरी भएको स्थानबाट महेन्द्र चोकमा प्रहरी डिउटीमा खटिएका हुन्छन् । हिजोसाँझ करिब ९ बजेको समयमा पसल बन्द गरेर निस्किएकोमा राती कतिबेला कसले चोरी गर्यो भन्ने आफुलाई थाहा नभएको सञ्चालक राईले बताए ।
चोरीका क्रममा फोडिएको सटरमाथिको सिसिटिभी क्यामराको तार समेत काटिएको छ। सञ्चालक राईले गएराति ९ बजे पसल बन्द गरेर घर फर्किएको बताए। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ