पूर्वाञ्चल खबर
विराटनगर / नव निर्माण गरिएको गोरखापत्र संस्थानको प्रादेशिक कार्यालय विराटनगरको भवन आज एक समारोह वीच शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयले हस्तान्तरण गरेको छ ।
इकाईका प्रमुख प्रदीपकमार सिंह र निर्माण कम्पनी लामा खुस्वु जेभिका दीपक पौडेलले संस्थानका प्रशासनीय प्रमुख मोहम्मद जैनउल हकलाई भवन हस्तान्तरण गरे ।
विराटनगर वडा नं १९ बैजनाथपुरमा निर्माण गरिएको उत्त भवन प्रशासनिक कार्यालय, समाचार कक्ष, आवास, चमेना गृह , गोदाम र सुरक्षा गार्ड भवन रहेको छ ।
लामा खुस्वुले जीभिले ७ करोड ४७ लाख ६ हजार १ सय २५ को लागतमा विस २०७३ साउन १२ गते निर्माण शुरु गरि आज हस्तान्तरण गरेको हो । कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले आगामी असोज ३ गते संविधान दिवशको दिनदेखि विराटनगरवाट प्रकाशन आरम्भ गर्ने जानकारी दिदै पत्रिका समयमा पाठक समक्ष पुगेन भने त्यसको खास अर्थ नहुने बताए । उनले विराटनगर प्रकाशनका लागि ल्याएको प्रेसले प्रतिघण्टा ४० हजार प्रत्रिका छाप्ने हुनाले त्यसलाई पूरा अवधिमा सञ्चालनको व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।
गोरखापत्रको प्रादेशिक प्रकाशनको तयारीबाट आफु उत्साहित भएको भन्दै यसका लागि महानगर सक्दो सहयोग गर्ने विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले आम नागरिक सुसूचित हुँदा राष्ट्र निर्माणमा सहयोग पुग्ने वताए ।
गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ, शहरी विकास संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख प्रदिपकुमार सिंह, निर्माण कम्पनीका तर्फबाट दिपक पौडेलले यस पत्रिकाप्रतिको जनताको विश्वास कायम राख्नु पर्नेमा जोड दिए ।