CLASSICTECH NET

बाढीले बगाएर महिलाको मृत्यु

खबर पूर्वाञ्चल, ३१ असार २०७६, मंगलवार १८:१९

संखुवासभा/ संखुवासभाको मकालु गाउँपालिका ३ एकुवा बस्ने ३४ बर्षीया मिङमा खङडु शेर्पाको बाढीले बगाएर मृत्यु भएको छ ।

श्रीमान रिदाक शेर्पासंगै स्थानीय स्वास्थ्य चौकीबाट उपचार गरी फर्कने क्रममा बिच बाटोमा रहेको भ्यागुते खोलाले बगाएर मिङमा खङडु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी स्याक्सिगोला र ईलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको संखुवासभा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५