RUMPUM
animated ellipse animated ellipse

वाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई २ लाख राहत दिने प्रदेश सरकारको निर्णय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ असार २०७६, आईतवार १९:५७
9
Shares

विराटनगर / प्रदेश १ मन्त्रीपरिषदको आज साँझ वसेको वैठकले बर्षाको कारण आएकोे बाढी,पहिरा र डुबानबाट भएको ठुलो जनधनको क्षतिप्रति दुख ब्यक्त गर्दै प्रति मृतक परिवारलाई सहयोग स्वरुप २ लाख राहत प्रदान गर्ने निर्णय गरिएको छ ।

मुख्यमन्त्री कार्यालय एवम् मन्त्रीपरिषदको वैठकले बाढीवाट घाइतेको सरकारी अस्पतालमा हुने सम्पूर्ण खर्च उपचार खर्च बेहोर्नेका साथै निजी अस्पतालमा गरिएको उपचार खर्च वापत वढी ५० हजार भुक्तानी दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले वताए ।

वैठकले उद्वार राहत पुर्नस्थापना र बेपत्ताको खोजिको निम्ति सबै पक्षसँग अपिल गर्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर