CLASSICTECH NET

मुख्यमन्त्री राई स्वदेश फिर्ती

खबर पूर्वाञ्चल, २९ असार २०७६, आईतवार १८:१५

विराटनगर / मुलुकमा आएको वाढी पहिरोवाट भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राइले आवश्यक राहत प्रदान गर्ने वताएका छन् ।

अमेरिकाको बाल्टिमोरमा असार २० देखि २२ गतेसम्मभएको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथिको रुपमा सहभागी भई आज विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै मुख्यमन्त्री राईले सांझ वस्ने प्रदेश मन्त्रीपरिषदको वैठकवाट प्रदेशमा आएको वाढी पडितहरुलाई आवश्यक राहत प्रदान गर्ने निर्णय गरिने जानकारी दिए ।

सफल राष्ट्र निर्माणका लागि विशेष शीप, पूँजी लागि लागि उपयुक्त वातावरण र कानून निर्माण भइरहेकोले अमेरिकी लगानीका लागि आव्हान गरेको मुख्यमन्त्री राईले वताए । अमेरिकाको नेपाली सम्मेलन सफल भएको वताउदै प्रदेशमा नविनतम टे«क्नोलोजी भित्राउने,शिक्षा, स्वास्थ्य, डिजिटल शिक्षालाई सरल रुपमा पाठ्यक्रम वनाउने सम्वन्धमा छलफल भएको उनले जानकारी दिए ।

प्रदेशमा चाँडै नै टेक्नोलोजी र विज्ञ सम्मेलनको आयोजना गरी समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्न र नेपालको विकास र समृद्ध राष्ट्र कसरी गर्न सकिन्छ भन्ने नै सम्मेलन केन्द्रीत हुने मुख्यमन्त्री राईले बताए । अमेरिकामा रहंदा नेपाली राजदूतावास, विभिन्न स्थानमा छरिएर नेपाली समुदाय र पूर्व अमेरिकी राजदूतसंग छलफल गरी यस क्षेत्रका विकासमा आवश्यक प्राविधिक र पूर्जी लगानी सम्वन्धमा छलफल भएको मुख्यमन्त्री राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५