CLASSICTECH NET

रोमाञ्चक खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालको ऐतिहासिक सिरिज क्लिन स्विप

खबर पूर्वाञ्चल, २९ असार २०७६, आईतवार ११:१२

विराटनगर /मेलेसीयाविरुद्धको पहिलो टि–२० अन्तराष्ट्रिय सिरिजको दोस्रो टि–२० क्रिकेटमा नेपालले मलेसीयालाई पराजित गर्दै दुई खेलको टि–२० क्रिकेट प्रतियोगिता २–० ले क्लिन स्विप गरेको छ ।

आज भएको रोमाञ्चक खेलमा नेपालसँग मलेसीया ६ रनले पराजित भएको हो । पहिलो टि-२० मा नेपाल ७ विकेटले विजयी भएको थियो।

नेपालले दिएको १ सय ७४ रनको विशाल लक्ष्य पछ्याएको मलेसीयाले निर्धारित पुर्र २० ओभर खेल्दै ७ विकेट गुमाई १ सय ६७ रनमात्र जोड्न सक्यो । मलेसीयाकाकागि सयद अजिजले ३७ बलमा १ छक्का र ७ चौका प्रहार गर्दै ५० रन बनाउँदा अनिरुद्धिनले २४ रन, विरन्दीप ंिसंहले २३ रन र महमद सैहदारले २१ रनको योगदान दिए । नेपालका सोमपाल कामी र सन्दीप लामीछानेले २–२ विकेट लिँदा अविनाश बोहरा, करण केसीले १–१ विकेट लिए ।

यस अघि मलेसीयाको किनरारा ओभल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाई १ सय ७३ रनको योगफल तयार पारेको थियो । नेपालका लागि विनोद भण्डारीले अर्ध सतक प्रहार गरे । छैटो नम्बरमा ब्याटिङ गर्न आएका विनोददे २५ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै ५१ रनमा नटआउट रहे । त्यस्तै सरद भेषावकरले २८ बलमा २ छक्का र ४ चौका प्रहार गर्दै ४० रन बनाउँदा कप्तान पारस खडकाले १९ बलमा २ छक्का र २ चौका प्रहार गर्दै २३ रन, रोहत पौडेलले १९ रन, करण केसीले १६ रन ,पवन सर्राफले १० रन र उप कप्तान ज्ञमनेन्द्र मल्ल ७ रन बनाएर आउड भए भने सोमपाल कामी १ रनमा नटआउड रहे । मलेसीयाका फि त्री शामले ३ विकेट लिँदा सयद अजिज र एस मुनिएन्डीले १– १ विकेट लिए ।

जुलाई २३ बाट सिंगापुरमा आयोजना हुने टि–२० विश्वकप छनौट एसिया फाइनल प्रतियोगितामा नेपाल र मलेसिया दुवै सहभागी हुँदैछन् जसको तयारीको लागि सिरिज आयोजना गरिएको हो । नेपाल र मलेसियाले कुनै पनि किसिमको सिरिज खेलेको योनै पहिलो पटक हो भने दुवै देश बीच यो नै पहलो टि–२० अन्तराष्ट्रिय समेत हो ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५