पूर्वाञ्चल खबर
विराटनगर । इङ्ल्याण्ड तथा वेल्समा जारी १२ औं आइसिसी विश्वकप क्रिकेट प्रतियोगिाताको उपाधिकालागि आयोजक इङ्ल्याण्ड र न्यूजिल्याण्ड विच आज प्रतिस्र्धा हुँदैछ । क्रिकेटको ‘घर’ लर्ड्समा हुने फाइनल खेल नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ ।
दुवै टिम पहिलो पटक उपाधि जित्ने लक्ष्यमा मैदानमा हुनेछन् । योभन्दा अघि यी दुवै टिमले विश्वकप क्रिकेटको उपाधि उचाल्न सकेका छैनन् । इङ्ल्याण्ड ४ पटक र न्यूजिल्याण्ड २ पटक फाइनल प्रवेश गरेको हो ।
इङ्ल्याण्डले पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियालाई पराजित गर्दै २७ वर्ष पछि विश्वकपको फाइनलमा प्रवेश गरेको भने साविक उप–विजेतासमेत रहेको न्यूजिल्याण्डले दुई पटकको विश्व विजेता भारतलाई स्तब्ध पार्दै फाइनलको यात्रा तय गरेको छ । यस अघि सन १९९२ मा फाइनलमा पुगेको इङ्ल्याण्ड पाकिस्तानसँग पराजित भएको थियो ।
एकदिवशीय विश्वकपले २३ वर्षपछि नयाँ विजेता पाउने छ । सन् १९९६ मा श्रीलंका विजेता बिजय यता विश्वकपले नयाँ विजेता पाउन सकेको थिएन । हालसम्म यो प्रतियोगिता अस्ट्रेलियाले पाँचपटक, भारत र वेस्ट इन्डिजले दुई–दुई पटक तथा पाकिस्तान र श्रीलंकाले एक–एक पटक जितेका छन् ।
य