CLASSICTECH NET

बाढीप्रभावितको साहरा बन्दै विराटनगरमा जनप्रतिनिधि ,मेयर पराजुली उद्दारमा दिनरात नभनी खट्दै

खबर पूर्वाञ्चल, २८ असार २०७६, शनिबार १५:४३

विराटनगर / अबिरल बर्षाका कारण विराटनगरका केही वडाहरु डुवानमा परेका छन् । जसका कारण जनजीवन प्रभावित भएको छ ।

विराटनगरका वडा नं. १,६,७,८, ११,१२,१५,१६,१८ र १९ वडा का स्थानियहरु बाढीवाट प्रभावित भएका छन् । प्रभावित पीडितहरुलाई विराटनगरका विभिन्न विद्यालय तथा सुरक्षित स्थानमा राखिएको छ । विराटनगर स्थित वडा नं.१ को विजयपुर टोल नयाँ बस्ती,पाथिभरा मन्दिरको धर्मशाला र शान्तिचोकमा सेल्टर बनाएर बाढीपिडितहरुलाई राखिएको विराटनगर १ का वडाध्यक्ष उद्धव अर्यालले जानकारी दिए । वडा नंं २ को हनुमान मन्दिर छेउ र धनाबत चोकका स्थानीयहरु प्रभावित भए पनि घरमै बसेको वडाध्यक्ष कुमार पोखरेलले जानकारी दिए ।

त्यस्तै वडा नं ४ को इक्राइ, पुलचोक, अमाइ,जामुनगाच्छी, विमटोल,वस्तीलगायतका क्षेत्र डुवानमा परेको वडाध्यक्ष देवेन्द्रराज पोखरेलले जानकारी दिए । वडा नं. ७ मा पानीको सतह घटेपछि शनिवार आफ्नै घरमा बाढीप्रभावित परिवारहरु फर्केको वडाध्यक्ष मधुवावु तिवारीले जानकारी दिए । वडा नं ८ को सिंघाइ तट मोरङ कारागार पूर्व दक्षिण क्षेत्रका स्थानीहरु बाढीको चपेटामा परि घरवार विहिन बन्ने अवस्था आएको वडाध्यक्ष निश्चल अर्यालले जानकारी दिए। वडा नं. ११ को ब्रमपुरा र धुधुवामा बाढी पिडितहरु रहेका छन् । उनीहरु घर छोड्न नमानेको वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले जानकारी दिए ।

त्यसेगरि वडा नं. १२ को बखरी निम्नमाध्यमिक आधारभूत विद्यालयमा बाढीप्रभावित परिवारहरुलाई राखिएको वडाध्यक्ष हिरालाल कामततले जानकारी दिए । यस्तै वडा नं १६ को मिल्स मावि र हुलास मेटलमा बाढीप्रभावितहरुलाई राखिएको वडाध्यक्ष मनोज सुव्बाले जानकारी दिए । वडा नं १९ का विभिन्न स्थानमा बाढीप्रभावित रहेको र उनीहरुलाई शुरक्षित स्थानमा बस्न आग्रह गरिएको वडाध्यक्ष बद्रिनारायण सरदारले जानकारी दिए ।

यी वाहेक पनि अन्य वडाहरु डुवानमा परेका छन् यद्यपी बाढीको जोखिम बढेको छैन । सेल्टर र विद्यालयमा राखिएका बाढीप्रभावितहरुलाई विराटनगर महानगरले खानपिनको ब्यवस्था मिलाएको छ । बाढी प्रभावितहरुको अबस्था बुझ्ने र संख्या एकिन गर्ने काम भइरहेको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।

विराटनगरमा राहत तथा उद्धारका लागि विभिन्न सामाजिक संघसंस्थाहरु समेत खटिएका छन् । सबै वडाहरुमा मेयर पराजुलीसहित उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी सहितको टोली पुगेर वस्तुगत अवस्था बुझ्ने काम गर्नका साथै आवश्यक प्रबन्ध गर्ने काममा जुटेको छ ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५