पूर्वाञ्चल खबर
विराटनगर / मलेसीयाविरुद्ध २ खेलको टि–२० अन्तराष्ट्रिय सिरिजका पहिलो टि–२० क्रिकेटमा नेपाल मलेसीयालाई ७ विकेटले पराजित गर्दै सिरिजमा १–० को अग्रता लिएको छ । सिरिज अन्तर्गत दोश्रो तथा अन्तिम खेल आइतबार खेलिनेछ ।
मलेसीयाले दिएको १ सय २९ रनका विजय लक्ष्य नेपालले १८ दशमलव ३ बलमा ३ विकेट गुमाउँदै लक्ष्य भट्टाएको थियो । नेपालको जितमा कप्तान पारस खडकाले आक्रामक ब्याटिङ गर्दै ८६ रनमा नटआउट हुँदा सरद भेषवाकर १६ रनमा नटआउट रहे । पारसले ५० लबलमा ५ छक्का र ८ चौका प्रहार गर्दा सरदले १ छक्का प्रहार गरे । त्यस्तै प्रदिप ऐरी ८ रन, उप कप्तान ज्ञानेन्द्र मल्ल ७ रन र रोहितकुमार पौडेल ५ रन बनाएर आउट भएका थिए । मलेसीयाका अनवर रहमानले २ विकेट तथा फित्री सामले १ विकेट लिए ।
यस अघि मलेसीयाको किनरारा ओभल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको आयोजक मेसीयाले निर्धारित २इ ओभरमा ९ विकेट गुमाई १ सय २८ रनको योगफल तयार पारेको थियो । मेलेसीयाका लागि विरन्दिप सिंहले ५७ रन बनाउँदा कप्तान अहमद फेजले ४५ रन र फेत्री सामले १२ रन बाहेक अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन् । नेपालका करन केसीले ३ विकेट लिँदा बसन्त रेग्मी र सन्दिप लामिछाने २–२ तथा सोमपाल कामीले १ विकेट लिए ।
जुलाई २३ बाट सिंगापुरमा आयोजना हुने टि–२० विश्वकप छनौट एसिया फाइनल प्रतियोगितामा नेपाल र मलेसिया दुवै सहभागी हुँदैछन् जसको तयारीको लागि सिरिज आयोजना गरिएको हो । नेपाल र मलेसियाले कुनै पनि किसिमको सिरिज खेलेको योनै पहिलो पटक हो भने दुवै देश बीच यो नै पहलो टि–२० अन्तर्रा्ष्ट्रिय समेत हो । दोश्रो टि–२० भोलि खेलिनेछ ।