AArya
RUMPUM
animated ellipse animated ellipse

लगातारको वर्षाले बर्दिबासमा भब्सी नदीको पुल भत्कियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ असार २०७६, शनिबार ०८:४७
3
Shares

महोत्तरी / चार दिन देखिको लगातारको भारी वर्षाले महोत्तरीको बर्दिबासस्थित भब्सी नदीको पुल भत्किएको छ । पुल भत्किएपछि पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अहिले पुलको दुवै छेउमा ठूलो संख्यामा सवारी साधन रोकिएका छन् । पुल भत्किएपछि सयौँ यात्रु अलपत्र परेका छन् । केही यात्रु गन्तव्यमा पुग्न जोखिम मोलेर नदी तरिरहेको स्थानीय बताएका छन् । भत्किएको पुल हेर्न सर्वसाधारणको घुइँचो लागेको छ । चार दिनदेखि भइरहेको वर्षा अझै रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर