RUMPUM
animated ellipse animated ellipse

पत्रकारिताको क्षेत्र फराकिलो हुनु पर्छ –मन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ असार २०७६, शुक्रबार १८:१५
3
Shares
फाइल तस्वीर
विराटनगर / प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्र हिजोको भन्दा आज निकै फराकिलो भएको बताए ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको आठौँ स्थापना दिवसको अवसरमा आज विराटनगर आयोजित कायृक्रममा बोल्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । प्रखर र प्रभावशाली पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश दिने खालको समाचार प्रकाशन गर्नु पर्ने मन्त्री कार्कीले बताए ।

समाजलाई विकसित एवं समृद्ध बनाउन सञ्चारकर्मीहरु विभाजित नहुन आग्रह गर्दै मन्त्री कार्कीले नकारात्मक सन्देशले समाजलाई तहसनहस पार्ने भएकोले यसतर्फ सधै सचेत रहनु पर्ने सुझाव समेत दिए । नेपालको विविधता र सुन्दरतालाई विश्व समुदायमा पु¥याउन सञ्चारकर्मीहरुको भूमिका अग्रनी छ भन्दै पत्रकारिता विकासका निम्ति प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

प्रदेश १ प्रदेश सभा सदस्य जयराम यादवले परनिर्भरताले मुलुक समृद्ध र विकसित हुन नसक्ने भएकोले यसतर्फ सञ्चारकर्मीहरु लागि पर्नु पर्ने बताए । पुरस्कृत पत्रकार गजेन्द्र बुढाथोकीले आर्थिक पत्रकारिता गर्न निकै चुनौती भएको चर्चा गरे । विराटनगर महानगरपालीकाका प्रशासकिय अधिकृत एकदेव अधिकारी र सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहन भण्डारीले बोलेका थिए ।

सोही अवसरमा प्रदेश १ प्रदेश सभा सदस्य जयराम यादवलले सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड र पत्रकार महासंघ मोरङलाई एक थान कलर प्रिन्टर हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर