RUMPUM
animated ellipse animated ellipse

हत्या आरोपी वडाध्यक्षलाई पक्राउ नगरेपछि अस्पताल अगाडी शव राखेर प्रदर्शन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ असार २०७६, शुक्रबार १६:४६
3
Shares
विराटनगर / तीन साताअघि विवाहको विवादमा वडा अध्यक्षहरुको उपस्थितिमा विराटनगर–१४ का समानन्द यादवमाथि निर्घात कुटपिट कुटपिटबाट गम्भीर घाइते यादवको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ ।

समानन्दको मृत्युको पछी विराटनगर र जहदा गाउँपालीकाका तीन वडा अध्यक्षमाथि हत्याको आरोप लागेको छ । विराटनगर महानगरपालिका– १४ का अध्यक्ष बलदेव यादव, १८ का अध्यक्ष संजय साह र जहदा गाउँपालिका १ का वडाध्यक्ष प्रदीप यादवमाथि समानन्दको हत्याको आरोप लागेको हो ।

जेठ ३२ गते विवाहको बचन दिएर पूरा नगरेको भन्दै समानन्दलाई वडा अध्यक्ष बलदेव यादवको घरमा बोलाएर कुटपिट गरेका थिए । समानन्दले छोराको बिहेका लागि जहदाकी एक यूवती हेरेका थिए । उनले यूवतीको परिवारसँग बिवाह गर्ने बचन पनि दिएका थिए । तर, छोराले नमानेपछि समानन्दमाथि कुटपिट भएको थियो । कुटपिटपछि गम्भीर घाइते भएका समानन्दको कोशी अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

घटना भएको तीन सातासम्म संलग्नलाई पक्राउ नगरेको भन्दै आफन्तले कोशी अञ्चल अस्पताल अगाडि सडकमा शव राखेर प्रदर्शन गरेका छन् । घटनापछि समानन्दका छोरा राजेशले प्रहरीमा जाहेरी दिएका थिए । तर, प्रहरीले सुरुमा जाहेरी दर्ता गर्न मानेको थिएन । ढिलो गरी जाहेरी दर्ता गरेको प्रहरीले घाइतेको मृत्युपछि पनि घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै आफन्तले सडकमा शव राखेर प्रदर्शन गरेका हुन् ।

आज कोशी अञ्चल अस्पताल अगाडि सडकमा शव राखेर मृतकका आफन्तले हत्यामा संलग्न तीन वडाअध्यक्षसहित आठ जनालाई पक्राउ गर्न माग गरेका छन् । तर, प्रहरी भने हत्यामा संलग्नहरुको खोजी कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ । मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी प्रहरीले दोषीलाई पक्राउ गरी कानूनी दाहेरामा ल्याउने बताए । प्रहरी प्रमुख अधिकारी प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर