CLASSICTECH NET

एम्पायरसँग असन्तुष्टि जनाएका रोयलाई म्याच फीको ३० प्रतिशत जरिवाना

खबर पूर्वाञ्चल, २७ असार २०७६, शुक्रबार ०९:०६

विराटनगर / ओपनर ज्यासन रोयले उत्कृष्ट प्रदर्शनले २७ वर्षपछि इंग्ल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको खेलमा रोय आईसीसीको कारवाहीमा परेका छन् ।

अष्ट्रेलियाविरुद्धको खेलको दौरानमा गलत व्यवहार गरेको भन्दै रोयलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारवाही गरेको हो । उनी १९ दशमलव ४ बलमा ६५ बलमा ८५रनको स्थितीमा खेलीरहेको अवस्थामा पट कुम्मिन्सको बलमा आउट भएका थिए । तर, आफूलाई ‘आउट’ दिइएको बारे एम्पायर कुमारा धर्मासेनसँग असन्तुष्टि जनाएका थिए । आईसीसीको नियम उल्लंघन गरेको भन्दै उनलाई म्याच फीको ३० प्रतिशत जरिवाना लगाइएको आईसीसी जनाएको छ । त्यस्तै उनलाई दुई डिमेरिट अंक समेत दिइएको छ ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५