CLASSICTECH NET

वैज्ञानिक वन व्यवस्थापनका विषयमा अन्तरकृया

खबर पूर्वाञ्चल, २६ असार २०७६, बिहीबार १८:२५

विराटनगर / मोरङको वैज्ञानिक वन व्यवथापन तथा मोरङका वनको अवस्था विषयमा सञ्चारकर्मीविच अन्तरकृया गरिएको छ ।

डिभीजन वन कार्यालय मोरङ र नेपाल पत्रकार महासंघ मोरङको सयुक्त आयोजनामा वेलवारीमा भएको कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापनका विषयमा अन्तरकृया भएको होे ।

डिभीजन वन कार्यालय मोरङका वन अधिकृत विशाल घिमिरेले जिल्लाको समग्र वनको अवस्था र त्यसवाट पुगेको फाइदाका विया जानकारी गराए । मोरङका सञ्चारकर्मीहरु सहभागी सो कार्यक्रम अन्तरगत वनको फिल्ड भ्रमण पनि गराइएको थियो ।

कार्यक्रममा वोल्दै वन अधिकृत घिमिरेले समग्र वनको दिगो व्यवस्थापनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा फलदायी भएको उल्लेख गरे । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धु पोखरेलले , अन्तरक्रियाले संचारकर्मीलाई जिल्लाका वनको अवस्थाका वारेमा जानकारी पाउन सहज भएको बताए ।

सोहि अवसरमा बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समुहले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने ३४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
समुहले आफ्नो कार्यक्षेत्र भित्रका नगरपालिका तथा गाउँपालिकाका एक छात्रा र एक छात्रलाई छात्रवृत्ति वितरण गरेको हो । बुधबार सव डिभीजन वन कार्यालयमा आयोजित कार्यक्रममा डिभीजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरे तथा महासंघ अध्यक्ष वन्धु पोखरेलले, समुहका सदस्यहरुले विद्यार्थीहरुलाई छात्रवृत्ति रकम हस्तान्तरण गरे ।

छात्रवृत्ति वापत विद्यार्थीहरुलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिएको हो । यस्तै समुहले २ वटा विद्यालयलाई एलइडी र पेनड्राइभ पनि प्रदान गरेको छ । बेलबारी १ स्थित जनएकता आधारभुत विद्यालय र कानेपोखरी १ स्थित सगरमाथा आधारभुत विद्यालयलाई ३२ इन्चको एलइडी प्रदान गरेको हो । साना वालवालिकालाई श्रव्यदृष्यको माध्यमबाट सिकाई गराउन सहज होस भनेर सामग्रीहरु वितरण गरिएको बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समुहका संयोजक दिनेश गिरीले जानकारी दिए ।

आफ्नो विद्यालयमा अधिकांस आदिवासी समुदायका विद्यार्थी अध्ययनरत रहेको र प्राप्त सामग्रीले सहयोग पुग्ने सगरमाथा आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक तिवारीले बताए ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५