CLASSICTECH NET

विराटनगर इन्टरनेशनल कलेजका विद्यार्थी बेलायत जादै

खबर पूर्वाञ्चल, २६ असार २०७६, बिहीबार १६:०१

विराटनगर / वैदेशिक शैक्षिक अनुभवका निम्ति विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएको विराटनगरको विराटनगर इन्टरनेसनल कलेज (पूर्व मेरिल्याण्ड कलेज विराटनगर) का बिद्यार्थी यस बर्ष पनि बैदेशिक शैक्षिक भ्रमणमा जाने भएका छन् ।

विगत ४ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको छात्रवृत्ति दिने गरेको छ । यस बर्ष पनि कलेजका २ जना बिद्यार्थी बेलायतको समर क्याम्प २०१९ को लागि जाने भएका छन्। कलेजमा विगत ६ वर्ष देखि बेलायतको विविएम कोर्ष पढाई हुदै आएको छ ।

विद्यार्थीलाई विश्वविद्यालयले छानेर १५ दिने बेलायत भ्रमणको लागि लगिने कलेजका विजेनेस डेभलपमेन्लेट प्रमुख विवेक दाहालले बताए । दाहालका अनुसार उनीहरुले त्यहाँ छदा अन्य देशबाट आएका विद्यार्थीहरुसहित विश्वविद्यालयमा बिभिन्न कक्षा लिनुको साथै अन्य देशका विद्यार्थीसँग पनि छलफल गर्नेछन् ।

विभिन्न अभ्यासबाट छानिएका २ विद्यार्थी सदिक्षा बास्कोटा र आयुशी आग्रवाल असार २८ गते देखि बेलायतको शैक्षिक भ्रमणमा जाने कलेजका प्रमुख कार्यकारी निर्देशक डा. ऋषिकेश वाग्लेले जानकारी दिए । साथै उक्त छात्रवृत्तिको सम्पूर्ण विद्यार्थी छनोट प्रक्रिया बेलायती विश्वविद्यालयले नै गर्ने कलेजले जनाएको छ ।

विद्यार्थीहरुको उक्त भ्रमणको सम्पूर्ण खर्च कलेज र विश्वविद्यालयले नै प्रदान गर्नेछ । उक्त शैक्षिक भ्रमणले बिद्यार्थीहरुको आत्मबल, क्षमता र अन्तराष्ट्रिय अनुभब बढाउने कलेजले अपेक्षा राखेको छ ।

कलेजबाट अहिलेसम्म ९ जना बिद्यार्थी बेलायतको भ्रमणमा गइसकेका छन् । विराटनगरको भृकुटी मार्गमा रहेको कलेजमा हाल ३ सय बढी विद्यार्थी बेलायतको डिग्री अध्ययनरत रहेको कजेजले जनाएको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको विजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तराष्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा विराटनगर ईन्टरनेसनल कलेज , इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं । इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५