RUMPUM
animated ellipse animated ellipse

विपद् जोखिम न्युनीकरणका लागि साझा सवाल कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ असार २०७६, मंगलवार १९:२६
3
Shares

विराटनगर/ विराटनगर महानगरपालिका १९ वैजनाथपुरमा आज विपद् जोखिम न्युनीकरणका लागि साझा सवाल कार्यक्रम गरिएको छ ।

वडाको विपद् जोखिम न्युनीकरणका लागि आयोजित कार्यक्रममा सहभागिहरुले विपद्को अवस्था, विपद् व्यवस्थापनको पूर्व तयारी लगायतबारे जिज्ञासा राखेका थिए । वडाध्यक्ष बद्रीनारायण सरदारले विपद्को पूर्व तयारीका लागि आवस्यक सामाग्रीहरु तयारी अवस्थामा राखिएको बताए । उनले डुवान प्रभावितहरुका लागि वैकल्पिक व्यवस्थापनमा वडा कार्यालय लागि परेको बताए । वल्र्ड भिजनको सहयोगमा नारी विकास संघ विराटनगरले आयोजना गरेको कार्यक्रममा बाढी, डुवानको समस्या, सर्पदंशका घटना, सडक दुर्घटना संवन्धिका सवालहरु उठाईएको थियो ।

नारी विकास संघले विपद् जोखिम न्युनीकरणका लागि विराटनगर १९, ग्रामथान ४ र ५, सुन्दरहरैचा १, बुढीगंगा ६ र ७ मा विभिन्न कार्यक्रमहरु गरिरहेको सामाजिक परिचालक मञ्जु पराजुलीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर