RUMPUM
animated ellipse animated ellipse

सिंगापुरमाथि २१७ रनको जित निकाल्दै नेपाल समूह विजेता हुँदै सेमीफाइनलमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० असार २०७६, शुक्रबार १५:४०
3
Shares

विराटनगर / मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले यू– १९ एसिया कप छनोट क्रिकेटको आज भएको खेलमा सिंगापुरलाई २ सय १७ रनले पराजित गर्दै समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ दशमलव १ बलमा १ सय ९ रनमा अलआउट भएको हो । सिंगापुरका लागि हरी कुकरेजाले सर्वाधिक ३० रन बनाउँदा कन्नुस्वामी सतिशले २४ रन र चन्द्रमाउली श्रीदेबले २३ रन जोडेपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । नेपालका लागि कुशल मल्लले ४ विकेट लिँदा तिलकराज भण्डारीले २ विकेट तथा सागर ढकाल र रसिद खानले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर ४ विकेट गुमाई ३ सय २६ रनको विशाल योगफल बनाएको थियो । नेपालका लागि रित गौतमले सतक प्रहार गर्दै १ सय ३७ बलमा १ सय १५ रन बनाउँदा खडकबहादुर बोहराले ९० बलमा ९० रन, कुशल मल्लले २३ बलमा आक्रमक ५१ रन र पवन सर्राफले ४१ बलमा ४५ रन बनाएका थिए । सिंगापुरका लागि प्रणव सुदर्शन राजेश किसन र विनित क्षितेश मेहताले समान २ विकेट लिए ।

यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो योसँगै समूहको शीर्ष स्थानमा रहेको नेपालले अर्को समूहको उपविजेतासँग सेमीफाइनल खेल्नेछ ।

समूह बी मा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड रहेका छन् । प्रतियोगिताको विजेताले अगस्ट २८ देखि श्रीलंकामा हुने यु १९ एसिया कप खेल्न पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर