पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–२ मा रहेको सेन्ट जोसेफ सेकेण्डरी स्कूलले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विहिबार प्रवेश परीक्षा लिएको छ ।
कलेजमा भएको परीक्षामा विज्ञान, होटेल मेनेजमेन्ट र व्यवस्थापन संकायका गरी ७ सय ५७ जना विद्यार्थीले परीक्षा दिएका कलेजका निर्देशक रोहितजंग थपलियाले जानकारी दिए । निर्देशक थपलियाका अनुसार तीनै संकायमा सय–सय कोटा रहेकोमा विज्ञानसंकायमा २ सय १७, होटेल मेनेजमेन्टमा ३ सय २३ र व्यवस्थान संकायमा १ सय ५७ जना विद्यार्थीले परीक्षा दिएका थिए ।