पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–१० मा रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विहिबार प्रवेश परीक्षा लिएको छ ।
कलेजमा भएको परीक्षामा विज्ञान तथा व्यवस्थापन संकायका गरी १ हजार ५ सय ५७ जना विद्यार्थीले परीक्षा दिएका कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले जानकारी दिए । प्रिन्सिपल बास्तोलाका अनुसार २ सय ५० सिट भएको विज्ञान संकायमा ९ सय ४० सय र २ सय ५० सिट भएको व्यवस्थापन संकायमा ६ सय १७ विद्यार्थी सहभागि रहेका थिए ।