RUMPUM
animated ellipse animated ellipse

सहमतीमा बढी लिएको भर्ना शुल्क फिर्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ असार २०७६, बुधबार १८:२९
3
Shares

विराटनगर / एसईईको परीक्षा नतिजा आए लगत्तै विभिन्न निजि कलेजहरुले प्लस टु तह अन्तर्गत विभिन्न संकायहरुमा विद्यार्थी भर्नाका लागि कलेजहरुले बढी लिएको रकम फिर्ता दिने भएको छ ।

विभिन्न विद्यार्थी संगठनहरुले विरोध जनाएपछी बढी लिएको रकम फिर्ता गरेको हिसानले जनाएको हो । आज हिसानले सो कुरा प्रति ध्यानाकर्षण गर्दै सम्पूर्ण सरोकारवाला विद्यार्थी संगठनहरुसँगको छलफलबाट ५ सय लिएको फारमको १ सय २५ काटेर बाँकी सम्पूर्ण रकम फिर्ता गर्ने सहमति गरेको छ ।

हिसान मोरङ्गका अध्यक्ष राजेश कार्कीले भने शुल्क लिने बेलामा विद्यार्थी संगठनलाई राखेर सहमतीमा शुल्क लिने बताए । अध्यक्ष कार्कीले कहि कतै बाट कति लिने भनेर न तोकेको हुनाले कलेजहरुसंगको आपसी छलफलबाट फारमको ५ सय राखेको बताए ।

विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यसरी जथाभाबी पैसा लिने कार्य गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलगायत सम्पुर्ण विद्यार्थीको भबिष्यसँग खेलवाड हुने किसिमको भएकोले यस्ता निन्दनीय कार्य तत्कालै रोकिनु पर्ने उनीहरुको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर