RUMPUM
animated ellipse animated ellipse

अष्ट्रेलियासँग न्यूजिल्याण्ड ८६ रनले पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ असार २०७६, आईतवार ०७:१०
3
Shares

विराटनगर । इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतयोगितामा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ८६रनले पराजित गर्दै तालिकको शीर्ष स्थानमा कायम छ ।

शनिबार लर्ड्समा क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४३ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५७ रनमा समेटियो ।

न्यूजिल्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन बनाएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै रोस टेलरले ३० रन जोड्दा मार्टिन गुप्टिलले २० रन बनाए । न्यूजिल्याण्डलाई सस्तैमा समेट्न अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए । उनले ९ ओभर ४ बलमा २६ रन खर्चेर ५ विकेट लिएका हुन् । यस्तै जासन पाउलले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४३ रनको मध्यम योगफल तयार पारेका थिए । अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले ८८ रन बनाउँदा केरीले ७१ रन बनाए । पाट कुमिन्सले अविजित २३ रन , मार्कूस स्टोनिसले २१ रन तथा डेभिड वार्नरले १६ रन बनाए । न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले अन्तिम ओभरमा ह्याट्रिक गरे । उनले उस्मान ख्वाजा, मिशेल स्टार्क र जेसन बेहरेनडार्फलाई आउट गरे । वर्ल्ड कपमा ह्याट्रिक गर्ने उनी आफ्नो देशको पहिलो बलर समेत बने । जारी वर्ल्ड कपमा यो दोस्रो ह्याट्रिक हो । यसअघि अफगानिस्तानविरुद्ध मोहम्मद शमीले पनि ह्याट्रिक पुरा गरेका थिए । बोल्टले ४ विकेट लिँदा फर्गुसन र जेम्स निसमले २–२ तथा केन विलियम्सनले एक विकेट हासिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर