RUMPUM
animated ellipse animated ellipse

दक्षिण अफ्रिकासँग पराजित भएसँगै श्रीलंका विश्वकप यात्रा कठिन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ असार २०७६, शनिबार ०५:४१
3
Shares

विराटनगर / इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतयोगितामा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध सहज जित हात पारेको छ । दक्षिण अफ्रिकासँग पराजित भएसँगै श्रीलंकाको यात्रा कठिन भएको छ । विश्वकपमा रहिरन श्रीलंकाले यो खेल जित्नै पर्ने थियो ।

शुक्रबार म्यान्चेस्टरमा भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटको सहज जित हात पारेको छ । श्रीलंकाले दिएको २ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३७ ओभर २ बलमा १ विकेटको नोक्सानीमा सो विजयी लक्ष्य पार गरेको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिस र हसिम अमलाले अर्धशतकीय पारी खेले । प्लेसिसले १० चौका र १ छक्काको सहयोगमा ९६ रनमा अविजित भए भो अमलाले ५ चौकाको सहयोगमा ८० रनमा अविजित रहे । दुवैले दोस्रो विकेटकालागि १ सय ७५ रनको साझेदारी गरे । त्यस्तै क्विन्टन डि कोकले १५ रन जोडेर आउट भए । श्रीलंकाका लागि लासिथ मालिंगाले एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ४९ ओभर ३ बलमा सवै विकेट गुमाई २ सय ३ रनको सामान्य योगफल तयार पारेको थियो । श्रीलंकाका लागि कुशल परेरा र अभिस्का फर्नान्डोले समान ३०–३० रन बटुल्दा डे सिल्वाले २४ रन, जिवन मेन्डीजले २३ रन र तुसारा परेरले २१ रनमा आउट भए । दक्षिण अफ्रिकाका ड्वायन प्रेटोरियस र क्रिस मोरिसले ३–३ विकेट लिँदा कागिसो राबाडाले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर