AArya
RUMPUM
animated ellipse animated ellipse

एसईईमा विराटनगरका स्कूलको नतिजा उत्कृष्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ असार २०७६, शुक्रबार १७:५७
3
Shares

विराटनगर / यस वर्षको एसईई परीक्षामा शैक्षिक हवको रुपमा रहेको विराटनगर महानगरपालिकाभित्रका विद्यालयहरूले उत्कृष्ट नतिजा ल्याएका छन् ।

विराटनगरमा रहेका निजी र अंग्रेजी माध्यमबाट पठनपाठन गराउने सामुदायिक विद्यालयहरूको पनि उत्कृष्ट नतिजा देखिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सार्वजनिक गरेको नतिजामा विराटनगर क्षेत्रको राम्रो नतिजा आएको प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले जानकारी दिए । विराटनगरस्थित मोर्डन एरा उच्च माविले ७३ जना विद्यार्थीले दिएको परीक्षामा ४५ जनाले ‘ए’ प्लस र २८ जनाले ‘ए’ ल्याएको स्कूलले जनाएको छ । स्कूलले देशभरीमा उत्कृष्ट नतिजा ल्याएको स्कूलका अध्यक्ष समेत रहेका राईले दाबी गरेका छन् ।

एभरेष्ट स्कूलले १ सय ७४ जना दिएको परिक्षामा ए प्लस ७५ जना ए ९० र ९जनाले वि प्लस ल्याएको कूलका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए । प्रिन्सिपल पुरीका अनुसार २ जना विद्यार्थीले ३.९५ जिपीए ल्याएर जनाएको छ । स्कूलका गौरवचन्द्र बराल र असिम नेपालले उत्कृष्ट नतिजा ल्याएको स्कूलले बताएको छ ।

यस्तै विराटनगरस्थित सगरमाथा स्कूलबाट १ सय ८४ जनाले दिएको परीक्षामा १ सय जनाले ‘ए’ प्लस र ८४ जनाले ‘ए’ ल्याएर विद्यार्थीहरू उत्तीर्ण भएका स्कूलका प्रिन्सिपल त्रिलोचन गौतमले जानकारी दिए ।

यस्तै बालकल्याण विद्या मन्दीर(बिकेभिएम)ले उत्कृष्ट नतिजा ल्याएको स्कूलले दाबी गरेको छ । सो स्कूलबाट १ जनाले छात्राले जिपिए ४ ल्याएकी छिन् । विद्यालयका प्रिन्सिपल रबिन दाहालका अनुसार एसईईमा सहभागी २ सय ७१ विद्यार्थीमध्ये १ सय २७ जना विद्यार्थीले ‘ए’ प्लस ल्याएका छन् । तीमध्ये ८ जनाको जिपिए नम्बर ३.९ छ । त्यस्तै १ सय ३१ जना विद्यार्थीले ए र १३ जना विद्यार्थीले बी प्लस ग्रेट ल्याएका छन् ।

विराटनगरको सेन्ट जोसेफ स्कूलबाट सहभागी ९२ जना विद्यार्थीमध्ये १६ जनाले ए प्लस ग्रेट ल्याएका छन् । विद्यालयका निर्देशक रोहित थपलियाका अनुसार ५९ जनाले ए ग्रेट ल्याएका छन् । त्यस्तै १४ जनाले बी प्लस र ३ जनाले बी ग्रेट ल्याएका छन् । यस्तै विराटनगरस्थित शिक्षादीप स्कूलबाट ३७ जना विद्यार्थीले दिएको परीक्षामा १० जनाले ‘ए’ प्लस र २७ जनलो ‘ए’ ल्याएर उत्तीर्ण भएको स्कूलका प्रिन्सिपल ज्ञानबहादुर खडकाले बताए । सुदिप भगतले ३.८० जीपीए ल्याएको प्रिन्सिपल खडकाल बताए ।

यस्तै ग्रेडेड स्कूलबाट ५३ जनाले दिएको परीक्षामा ४ जनाले ‘ए’ प्लस ३६ जनले ‘ए’ र १३ जनाले ‘बी’ प्लस ल्याएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । इडेन स्कूलबाट ५० जनाले दिएको परीक्षामा ११ जनाले ‘ए’ प्लस २५ जनाले ‘ए’, १२ जनाले जनाले ‘बी’ प्लस र २ जनाले वि ल्याएको स्कूलका प्रिन्सिपल सिएम बस्नेतले जानकारी दिए यस्तै विराटनगरमा रहेको बाल्मीकी, कोशी विद्या मन्दिर , अर्किड, अरनिको, डिएभी, नमुना विद्यामन्दिर, कान्तिपुर, भानु, पूर्वाञ्चल, गौतमबुद्ध, एजेलीया, पोलस्टार, प्यारागन, मदरल्याण्ड, अन्नपुर्ण, लर्डबुद्ध निकेतन र सप्तकोशीलगायतको स्कूलले उत्कृष्ट नतिजा ल्याएको स्कूलले जनाएको छ ।

सामुदायिकको पनि उत्कृष्ट नतिजा
विराटनगरस्थित पोखरिया उच्च माध्यमिक विद्यालयको विद्यार्थीहरूले एइईको परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छन् । एलिना निरौला र अर्चना पोखरेलले ३.९५ जीपीए ल्याएकी छन् । स्कूलका प्राचार्य खेम भट्टराईका अनुसार १ सय २५ जनाले ‘ए’ प्लस, ९७ जनाले ‘ए’ ७५ जनाले ‘बि प्लस’, ८ जनाले ‘बी’ र ७ जनाले ‘सि’ ल्याएर उत्तीर्ण भएका छन् । यस्तै विराटनगरमा रहेको सत्यनारयण, सरस्वती र आदर्श उच्च माध्यमिक विद्यालयले पनि उत्कृष्ट नतिजा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर