AArya
RUMPUM
animated ellipse animated ellipse

बुढानिलकण्ठ स्कूलमा बार्षिक पूरस्कार वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ असार २०७६, बुधबार १६:४८
3
Shares

विराटनगर / शिक्षाक्षेत्रमा सदैब अग्रणी स्थान हासिल गर्न सफल बिराटनगर – २, स्थित बुढानिलकण्ठ अंग्रेजी मा.वि ले वार्षिक पूरस्कार वितरण आयोजना गरेको छ ।

उक्त समारोहमा गत शैक्षिकसत्र २०७५ को हरेक कक्षाबाट प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुका साथै वर्षभरी साप्ताहिक खेलकुदमा तथा सह–शिक्षण कार्यक्रममा प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुलाई पनि पूरस्कार तथा प्रसंसापत्र वितरण गरिएको थियो ।

शैक्षिक पूरस्कार तर्पm कक्षा नर्सरी देखि यूकेजी सम्मकै उच्चतम अंक ल्याउने छात्रा स्वीकृती गुरुङ्गलाई नगद पूरस्कार २ हजार, शतप्रतिशत छात्रवृत्ति, मायाको चिनो तथा प्रसंसापत्र, कक्षा १ देखि ५ सम्मको उच्चतम अंक ल्याउने छात्र सनिसा शाक्यलाई नगद पूरस्कार ३ हजारका साथै शतप्रतिशत छात्रवृत्ति, मायाको चिनो तथा प्रसंसापत्र र कक्षा ६ देखि ९ सम्मको उच्चतम अंक ल्याउने छात्र क्रिस भगतलाई नगद पूरस्कार ५ हजारका साथै शतप्रतिशत छात्रवृत्ति, मायाको चिनो तथा प्रसंसापत्र आ–आफ्ना अविभावकका साथ स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले प्रदान गरे ।

स्कूलमा हरेक कक्षामा प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुलाई मासीक शुल्कमा क्रमशः ७५ %, ५०% र २५% छुट दिने ब्यवस्था पनि गरिएको छ ।

पूरस्कारकै क्रममा स्कूलकै उत्कृष्ट छात्रू को उपाधी यस गोल्छा, उत्कृष्ट छात्रा को उपाधी अनुश्का पौडेल र उत्कृष्ट अदराउण्डरू को उपाधी श्रुती श्रेष्ठ ले प्राप्त गरेका थिए । त्यसै गरी विद्यालयमा उच्च नियमितताको आधारमा दिइने शिक्षक तर्फको पूरस्कार तथा मायाको चिनो सतप्रतिसत हाजिरीका साथ शिक्षक गणेश गौतमले हासिल गरेका थिए ।

हाउस तर्पm हरेक बुधवार हुने कार्यव्रmम तथा अन्य सम्पुर्ण शैक्षिक गतिविधीको आधारमा धेरै अंक प्राप्त गरेर ब्लू हाउस विजेता भएको थियो ।

यस संपुर्ण कार्यक्रमको ब्यवस्थापनका साथै उद्घोषण स्कूलका सञ्चालक एवं आइसीसी प्यानल अम्पायर बुद्विबहादुर प्रधानले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर