RUMPUM
animated ellipse animated ellipse

पाँच थान हतियारसहित तीन जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ असार २०७६, सोमबार १७:५१
3
Shares

विराटनगर / मोरङ प्रहरीले ५ थान हतियारसहित तीन जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ । उनीहरुलाई प्रहरीले हिजो साँझमा वेलबारीबाट पक्राउ गरेको हो ।

सुन्दर हरैचा नगरपालिका वडा न। १२ का ४० वर्षिय अशोक राई र कानेपोखरी गाउँपालिका वडा नं. ६ का ३४ वर्षिय सुदिप भन्ने कंश धिमाललाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको हो । उनी प्रतिवन्धित विप्लव समूहसंग आवद्द रहेको खुलेकोले कुरा मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी जानकारी दिए ।
एसपी अधिकारीका अनुसार पक्राउ परेका दुवै जनाले हातहतियार देखाई विभिन्न व्यक्ति संघ संस्थाहरुबाट डर त्रासको आडमा चन्दा असुल्न खोजिरहेको भन्ने विशेष सूचनाको आधारमा ईप्रका बेलबारीबाट खटाईएको प्रहरी टोलीले पक्राउ गरेको बताए ।

मोरङ बेलबारी नगरपालिका वडा नं.३ मा रहेको स्कूल डाँडामा को १७ प ४५८६ नम्बरको मोटरसाईकलमा सवार राई र धिमाललाई चेकजाँच गर्ने क्रममा पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हतियार लुकाई राखेको खुलेपछी जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएका प्रहरी टोलिले गरेको खोजतलास अप्रेसनको क्रममा धिमालको घरकोठामा लुकाई राखिएको अवस्थामा अटोमेटिक पेस्तोल (हतियार) नाल–२, सोही पेस्तोलमा फिट हुने म्याग्जिन थान–४ र लाग्ने गोली १४ राउण्ड समेत निजहरूकै रोहवरमा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठ बताए ।

पक्राउ परेका राई विप्लव समूहका जिल्ला जनपरिषद् प्रमुख रहेको र धिमाल सक्रिय कार्यकर्ता रहेको बुझिएको, धिमाल २०६६ सालमा उर्लावारी मंगलबारेस्थित सुनचाँदी पसलमा लुटपाट घटनामा डाँका मुद्दा चलाएको,२०६६ सालमा दमक, झापाको लक्ष्मी बैंक लुटपाट घटनामा ७ वर्ष कैद भुक्तान गरेको डिएसपी श्रेष्ठ जानकारी गराए ।

उनीहरूको प्रारम्भिक अनुसन्धानको क्रममा आज उर्लावारी–२ सालबारी बस्ने ४८ वर्षिय केन्द्रलाल धिमाललाई उनकोको घरमा ३ नाल भरूवा बन्दुक, सो बन्दुकमा प्रयोग हुने बारूद, छर्रा, नटबोल्ट, केप, वासर, पुल्थ्रोमा प्रयोग भएको कपडालगायतका सामाग्री सहित समेत पक्राउ गरीएको छ ।

तीन थान मध्ये एउटा भरुवा बन्दुक लोड अवस्थामा रहेको, पक्राउ परेका तीनै जनालाई तत्काल मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गतको हातहतियार तथा खरखजाना अन्तर्गतको कसुरमा थप अनुसन्धान भैरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर