RUMPUM
animated ellipse animated ellipse

राससलाई आर्थिक सहयोग गर्ने महानगरपालिका प्रमुख भीम पराजुली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ असार २०७६, आईतवार १६:४०
3
Shares

विराटनगर / नगरमा ‘सुशासन र समृद्धिको आधार’ तयार गर्न विराटनगर महानगरपालिकाले सल्लाह र सुझावलाई तीव्रता दिएको छ ।

असार १० गते सार्वजनिक हुने महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेटलाई समृद्ध, व्यवस्थित एवं मर्यादित बनाउन राजनीतिक दल, विभिन्न संघ संस्था, नागरिक समाज, टोल संगठन र नगरका १९ वटै वडा समिति तथा सञ्चारकर्मीहरुबाट सो सुझाव लिइरहेको छ ।

सञ्चारकर्मीहरुसँग आज सुझाव लिँदै विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले आफू सञ्चार क्षेत्रबाट नै राजनीतिकमा प्रवेश गरेकाले यो क्षेत्रमा मेरौ असाध्य प्रेम बसेको छ भन्दै सञ्चार क्षेत्रको विकासका लागि सञ्चारकर्मीहरुबाट उठाइएको माग सम्बोधन हुने कुरामा जोड दिए । उनले रासस प्रदेश नं.१ कार्यालय विराटनगरलाई महानगरपाकिलाले सार्वजनिक गर्ने बजेटमा रकम विनियोजन गर्ने आश्वासन सोत दिए ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाका सभापति बन्धु पोखरेल, राष्ट्रिय समाचार समिति प्रदेश नं.१ कार्यालयका प्रमुख मोहम्मद सदरुल, पत्रकार ब्रहम्देव यादव, पुष्पराज थपलिया, बिनोद सुवेदी, अर्जुन आचार्य, श्यामसुन्दर सुतियार, सुशिला पाठक, ललिता भट्टराई, तेजेन्द्र भण्डारी, हीरालाल साह, गोकुल पराजुलीलगायतले सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारलाई हौसला प्रदान गर्न कार्यक्रम ल्याउन सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर