RUMPUM
animated ellipse animated ellipse

रात्रीकालिन क्रिकेटमा पुलिससँग एपीएफ पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ असार २०७६, बिहीबार ०८:५८
3
Shares

सुनसरी / इटहरीमा सञ्चालन भइरहेको रात्रीकालिन क्रिकेट प्रतियोगितामाको बुधबार राती सम्पन्न भएको खेलमा नेपाल पुलिस क्लबले शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ११ रनले पराजित गरेको छ ।

इटहरी स्थित क्रिकेट रंगशालाको पिचमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर रन १ सय ४५ रनको योगफल खडा गरेको थियो । पुलिसका लागी अनिल साहले ३३ रन बनाउँदा दिलिप नाथले २९ रन, सुनिल धमलाले २० रन बनाए । एपिएफका यज्ञमान कुमालले २ विकेट लिँदा सागर भण्डारी र दिपेन्द रावलले १–१ बिकेट लिए ।

१ सय ४६ रनको बिजयी लक्ष्य पछ्याको एपीएफले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाएपछि नेपाल पुलिस ११ रनले विजयी भएको हो । एपीएफका लागी अरुन ऐरीले ३८ रन बनाउँदा प्रज्जल शाहीले २३ रन,सागर भण्डारीले १७ रनको योगदान दिए । नेपाल पुलिस क्लबका नविन थापाले २ विकेट, योगेन्द्र कार्कीले १ विकेट लिए । खेलको म्यान अफ दि म्याच पुलिस का योगेन्द्र कार्की भए ।

प्रतियोगितामा बिहिबार आयोजक एरिना च्यालेन्जर्स इटहरी र नेपाल पुलिस क्लब विचको खेल हुनेछ । असार ८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछ । प्रतियोगितामा नेपालका तीन बिभागिय बिभागिय टिम सहित ८ टोलीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर