पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरको कोशी मल्टिपल कलेजले नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप–कप्तान ज्ञानेन्द्र मल्ल सद्भावनादुतमा नियुक्त गरेको छ ।
विराटनगर बरगाछीमा रहेको कलेजले मल्लसँग ५ वर्षका लागी सद्भावनादुतको लागी सम्झौता गरेको जनाएको छ । कलेजले आज कलेजमा पत्रकार सम्मेलनको आयोजना गरी कलेजको मल्ल सद्भावनादुत भएको घोषणा गरेको हो । कलेजका निर्देशक मनिष सोनीले कलेजलाई पढाईका अलवा खेलकुदलाई पनि अगाडी बढाउँदै लगेको बताए । सोनीले भने ‘प्लस टु देखि स्नातकोत्तर तह अध्ययानपन गराउँदै आएको कलेजले शिक्षासँगै खेलकुदलाई पनि अगाडी बढाईएको बताए ।’ साथै कलेजले निकट भविष्यमा राष्ट्रिय स्तरको कलेज प्रतियोगता गराउने कलेजले जनाएको छ ।
राष्ट्रिय टोलीका उप–कप्तान ज्ञानेन्द्र मल्लले कलेजको सद्भावनादुत हुन पाउँदा गर्वको महशुस भएको बताए । अबको ५ वर्ष भित्र विराटनगरलाई पुनः क्रिकेटको हव बनाउने प्रतिवद्धता जनाए । उनले भने कुनैबेला विराटनगरलाई क्रिकेटको हवको रुपमा चिनिन्थ्यो तर अहिले विचमा आएर सेलाएको छ,‘अब यसलाई पुनः ताजगी बनाउने लक्ष्य रहेको छ । ’