AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको पुसेट कलेजमा तोडफोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ असार २०७६, मंगलवार २०:२७
3
Shares

विराटनगर / पूर्वाअञ्चल विश्व–विद्यालयको आङ्गिक क्याम्पस स्कूल अफ ईन्जिनियरिङ कलेज पुसेटका विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका छन् ।

पूर्वाञ्चल विश्व विद्यालयबाट इञ्जीनियरिङ उत्तीर्ण गरेपनि काउन्सीलमा दर्ता हुन नपाएको भन्दै विद्यार्थीले आज पुसेट कलेजको प्रशासन शाखालगायत क्याम्पस प्रमुखको कार्यकक्षमातोडफोड गरि क्याम्पस प्रमुखको कुर्सी टेवल आगजनी गरेको गरेका हुन् । इञ्जीनिरिङ काउन्सीलमा दर्ता नहुँदा इञ्जीनियर भएको नठहरिने भएको र सरकारी सेवामा प्रवेश नपाइएकाले विद्यार्थी आन्दोलित हुनु परेको अनेरास्ववियु मोरङका अध्यक्ष गोकर्ण घिमिरेले बताए । विद्यार्थीको माग संवोधन नभए विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पनि तालाबन्दी गर्ने अध्यक्ष घिमिरे चेतावनी दिए ।

कलेजमा अध्ययनरत ईलेक्ट्रीकल दोश्रो, चौथौ र छैठौँ सेमेस्टारका विद्यार्थीहरुले सांकेतिक रुपमा आन्दोलन गर्दै आएका थिए । तर कलेजले अचानक आज सुचना प्रकाशित गरी एक महिना विदाको सुचना जारी गरेपछि विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।

उनीहरुले काउन्सिलको मापदण्ड अनुसार दर्ता हुनु पर्ने, पूर्वाधार तयार हुनुपूर्व परीक्षा शुल्क मात्र तिरेर परिक्षा फर्म भर्न पाउनुपर्ने, नियमित पठन पाठन हुनुपर्ने जस्ता माग विगत लामो समयदेखि राख्दै आएको आन्दोलत विद्यार्थीहरुको बताएका छन् ।

पास भएका विद्यार्थीहरुले कलेज काउन्सिलमा दर्ता नभएका कारण पास भएको सर्टिफिकेट काम नै नलाग्ने भएको भन्दै चाँडो दर्ता प्रकृयामा जान समेत उनीहरुले दवाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर