RUMPUM
animated ellipse animated ellipse

विश्वकपमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएसँगै विश्वकपमा भारतसँग पाकिस्तान सातौं पटक पनि पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ असार २०७६, सोमबार ०५:५४
3
Shares

विराटनगर / इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गर्र्दै विश्वकप क्रिकेटको इतिहासमा भारतले पाकिस्तानलाई सातौं पटक पराजित गरेको हो ।

सन् १९९२ यता भएका विश्वकपमा सात भेटमा सातै पटकको नतिजा पाकिस्ताने भारतलाई सुम्पिदै आएको छ । विश्वकपमा पहिलो जितको खोजीमा रहेको पाकिस्तानलाई भारतसँग डीएल मेथडमा ८९ रनले पारजित भएको हो ।

भारतले दिएको ३ सय ३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३५ ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ६६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएपछि ४० ओभरमा छोट्याएके खेलमा पाकिस्तानले नयाँ लक्ष्य पाएको थियो । नयाँ लक्ष्य अनुसार पाकिस्तानले जितका लागि ५ ओभरमा १ सय ३६ रन बनाउनुपर्नेमा ४६ रन बनाएपछी पाकिस्तान डीएल मेथडमा भारतसँग ८९ रनले पराजित हुन पुगेको हो ।

पाकिस्तानका लागि ओपनर फखर जमानले सर्वाधिक ६२ रन बनाए भने बाबर आजमले ४८ रनको योगदान दिए । यसैगरी इमाद वासिमले नटआउट ४६ रन बनाए । भारतका विजय शंकर, हार्दिक पांड्या र कुलदिप यादवले समान २–२ विकेट लिए ।
यस अघि ओल्ड ट्राफोर्ड खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाई ३ सय ३६ रनको स्कोर खडा गरेको थियो ।

भारतकालागि रोहित शर्माले सतक प्रहार गरे । रोहितले १ सय ४० रनको पारी खेले । उनले १ सय १३ बलमा ३ छक्का र १४ चौका प्रहार गदै उक्त रन जोडेका थिए । त्यस्तै कप्तान विराट कोइलीले ७७ रन बनाएँदा केएल राहुलले ५७ रन, हार्दिक पाण्डेयले २५ रन र महेन्द्रसिंह धानीले १ रन बाउँदै आउट भए । त्यस्तै विजय शैकर १५ रन र केदार जादव ९ रनमा अविजित रहे । पाकिस्तानका मोहमद आमिरले ३ विकेट लिँदा हसन अली र वाहाद रिआजले १–१ विकेट लिए ।

जितसँगै भारतले अंक तालिकामा ७ अंक जोड्दै तेश्रो स्थानमा उक्लिएको छ भने न्यूजिल्याण्डको पनि समान ७ अंक भएपनि नेट रनरेटका आधारमा न्यूजिल्याण्ड दोश्रो स्थानमा पुगेको हो । अस्ट्रेलिया ५ खेलमा ४ जित र १ हारसहित ८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी ५ खेलमा १ मा बराबरी ३ मा हार तथा १ खेलमा जित हात पारेको पाकिस्तान भने अंकतालिकाको ९ औं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर