CLASSICTECH NET

घट्यो पेट्रोलियम पदार्थको मूल्य

खबर पूर्वाञ्चल, १ असार २०७६, आईतवार २२:१७

विराटनगर / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

सबै पेट्रोलियम पदार्थमा प्रतिलिटरमा २ रुपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता गोइतले जानकारी दिए ।

घटेका मुल्य आज मध्यरातदेखि लागु हुने आयल निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अव पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ भने डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ । हवाई ईन्धन र एलपी ग्याँसको हकमा मूल्य यथावत राखिएको निगमका प्रवक्ता गोइतले बताए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५