ईलाका प्रहरी कार्यालय दोभान ताप्लेजुङको भवन शिलान्यास

खबर पूर्वाञ्चल, ३१ जेष्ठ २०७६, शुक्रबार २१:१०

ताप्लेजुङ / ईलाका प्रहरी कार्यालय दोभान ताप्लेजुङको कार्यालय भवनको आज शिलान्यास भएको छ ।

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले आज एक कार्यक्रमका बिच उक्त भवनको शिलान्यास गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख रिजालले नागरीक प्रहरी सहकार्यको खाँचो रहेको बताउँदै प्रहरी र नागरीकको सहकार्यबाट मात्रै समाजमा शान्तिसुरक्षा अमनचयन कायम हुने हुँदा शान्ति सुरक्षा कायम गर्ने प्रयासमा सघाउन नागरीक समाजलाई आग्रह गरे। उनले प्रहरीको काम कारवाही र उनीहरुको दैनिकीका बारेमा स्थानीयतहका नेतृत्वकर्ताले अभिभावकीय भूमिका खेल्न सक्ने भन्दै प्रहरीका संरचना बनाउन र उनीहरुको कार्य सम्पादनमा सहजता ल्याउन समेत स्थानीय तहका नेतृत्वकर्तासंग समेत आग्रह गरे।

कार्यक्रममा प्रहरी प्रमुख रिजालले नयाँ भवन संगसंगै उच्च मनोवलका साथ काम कारवाही गर्न प्रहरी कर्मचारीहरुलाई निर्दैशन दिदै उच्च मनोवल र स्वच्छ भावनाका साथ काम गर्ने हो भने शान्ति सुरक्षामा कुनै पनी चुनौती आई नपर्ने धारणा राखे।

करिव २ करोड ४६ लाख ८८ हजार ९ सय ७३ रुपैयाँको कुल लागतमा निर्माण हुन लागेको उक्त संरचनामा कार्यालय भवन, ब्यारेक, महिला तथा पुरुष हिरासत कक्ष र छुट्टै मेश तथा शौचालय रहने छन् ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५