CLASSICTECH NET

उद्योगीहरू जनतासँग उत्तरदायी बन्नुपर्छ – प्रदेश प्रमुख प्रा.डा.तुम्वाहाङ

खबर पूर्वाञ्चल, ३१ जेष्ठ २०७६, शुक्रबार २०:४९

विराटनगर / प्रदेश न .१ का प्रदेश प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्वाहाङले जनतासँग उत्तरदायी बन्दै उद्योगी व्यवसायीलाई अफ्ना उद्योग , व्यवसाय सञ्चालन गर्न सुझाव दिएका छन् ।

जनताको माग के हो त्यो मनन गरि उद्योगीले उत्पादनमा जोड दिन सके समृद्ध नेपालको सपना पुरा हुने उनको धारणा छ । विराट व्यापार संघको १० औं वार्षिक साधारण सभामा आज बोल्दै प्रमुख प्रा.डा. तुम्बाहाङले भने ,“ तपाईहरू प्रदेशको जनताको माग के छ त्यो बस्तुको उत्पादन गरि सहज ढङ्गले उपलब्ध गराउनु होस” ।

मुलुकको आर्थिक समृद्धिको संयन्त्र नै उद्योगी , व्यापारी भएको चर्चा गर्दै प्रमुख प्रा.डा. तुम्बाहाङले भने , “समुदायलाई आवश्यक पर्ने स–साना वस्तुको उत्पादन स्वदेशमै गर्न सकेमा व्यापार घाटा कम हुने र स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ” । ९० प्रतिसत हिन्दुहरूले लगाउने जनै समेत बाहिरबाट आयात गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै उनले जनैको आयात प्रतिस्थापन गरि स्वदेशमै उत्पादन गर्नुपर्नेमा सुझाव दिए ।

प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुुसैयतले मुलुकलाई समृद्ध वनाउन उद्योगी व्यापारीको ठूलो योगदान रहने बताए । व्यापारीवर्गका समस्या समाधानमा प्रदेश सरकार सहयोगी बन्ने उनले धारणा राखे ।

कार्यक्रममा उद्ययमी ताराचन्द खेतानले कर र भ्याटका कारण सीमावर्ती क्षेत्रका वजारमा सस्तो मूल्यमा सामान उपलव्ध हुनाले यस क्षेत्रका उद्यमी र व्यापारी पलायन हुने अवस्था सिर्जना भएको बताए । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडालगायतले सवैको साझा संगठन रहेको संघले विराटनगरलाई स्थायी राजधानी र समृद्ध शहर वनाउन महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरे ।

कार्यक्रममा मोरङ व्यापार संघका पूर्व अध्यक्ष ताराचन्द खेतानलाई सम्मान गरिएको थियो ।

विराट व्यापार संघका अध्यक्ष शिवप्रसाद रिजालको सभापतित्वमा समपन्न कार्यक्रममा यूवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेत, टोल संगठन विराटनगरका अध्यक्ष राजु मास्के र विराट व्यापार संघका संस्थापक अध्यक्ष धुव्र दाहालले शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE
HAMRO NURSING COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५