AArya
RUMPUM
animated ellipse animated ellipse

न्यूरो हस्पिटलको मेडिकल डाइरेक्टरमा डा.रोका नियुक्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० जेष्ठ २०७६, बिहीबार १५:४०
27
Shares

विराटनगर / न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको बोर्ड अर्फ डाइरेक्टरको मेडिकल डाइरेक्टरमा डा. यमबहादुर रोका नियुक्त भएका छन् ।

न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा बिगत १० बर्ष देखि कार्यरत बरिष्ठ न्यूरो सर्जज डा.रोकालाई एक कार्यक्रमका बिच हस्पिटल सञ्चालक बरिष्ठ न्यूरोलोजिष्ट डा बिरेन्द्रकुमार बिष्टले मेडिकल डाइरेक्टरमा नियुक्त गरेका हुन् ।

विराटनगर १० स्थित न्यूरो हस्पिटलको सभाकक्षमा आयोजित कार्यक्रममा हिस्पटलका सञ्चालक डा. बिष्टले , पूर्वी भेगमा पहिलो न्यूरो सर्जन डा रोकाले एक दशक भन्दा लामो समयदेखि यस हस्पिटलद्वारा न्यूरो सर्जरीको क्षेत्रमा अतुल्निय योगदान पु¥याएको भन्दै मेडिकल डाइरेक्टरमा डा. रोकालाई न्यूक्ती गरेका बताए ।

यसै अवसरमा नवन्यूक्त मेडिकल डाइरेक्टर तथा बरिष्ठ न्यूरो सर्जन डा.रोकाले मेडिकल डाइरेक्टर जस्तो गरिमामय पदमा न्यूक्त गर्नुभएकोले हस्पिटल प्रति कृतज्ञता व्यक्त गर्दै यस पदले हस्पिटल प्रति थप जिम्मेवारि निर्वाहण गर्न पाँउदा खुसि व्यक्त गरे । हस्पिटलका अपरेस्नल डाइरेक्टर राजेस भट्टराईले डा. रोकालाई मेडिकल डाइरेक्टरमा न्यूक्त गर्दा नयाँ आयाम थपिने बताए ।

यस भन्दा अगाडि ४ जना हस्पिटलको बोर्ड अफ डाइरेक्टरमा थिए । जस मध्ये हस्पिटलको सञ्चालक डा. बिष्ट , कार्यक्रारी निर्देशक अनिषा विष्ट , अपरेस्नल डाइरेक्टर राजेस भट्टराई र हस्पिटल डाइरेक्टर ई. रंजित राज बस्नेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर