CLASSICTECH NET

गाउँपालिका प्रमुख कमिसनको चक्करमा लागेको आरोप, बनेन् सुकुम्बासीको घर

खबर पूर्वाञ्चल, २९ जेष्ठ २०७६, बुधबार २०:०४
 विराटनगर/  मोरङको कटहरी गाउ“पालिमा रहेका सुकुम्बासीहरूको घर दातृ निकायले बनाइदिने घोषाण गरेका लामो समय बिती सक्दा पनि बन्न सकेको छैन् । बाढी पीडित सुकुम्बासीले पाउने घरमा विवाद उत्पन भएपछि घर नबनेको हो । 

घर निर्माणको कार्य सुरु हुन नपाउ“दै गाउ“पालिका अध्यक्ष रामकुमार कामतले सुकुम्बासीको घर निमार्णमा सहयोगी भूमिका निभार्ह नगर्दा निमार्ण हुन नसकेको प्रतिपक्ष दल नेकपाले आरोप लगाएको छ । सो गाउ“पालिकाका अध्यक्ष कामतले सुकुम्बासीको घर बनाउन आएको रकममा कमिशन खान नपाउने भएपछि निमार्ण पक्रिया अगाडी नबढाएको नेकपा कार्यदल कटहरीले आज विराटनगरमा पत्रकार सम्मेलन गरि आरोप लगाएका हुन् ।

गाउँपालिका अध्यक्षले सुकुम्बासीको घर निमार्णको प्रक्रिया अगाडी नबढाउँदा घर बनाएर दिन आएका साझेदार संस्था समेत फर्किएको कार्यदलका अध्यक्ष मृतुञ्जय झाले बताए ।
स्थानीय जीवन विकास र हाइविटेट साझेदार संस्थाले १०÷ १० घर बनाउने भनेर आए पनि अध्यक्षले घर बनाउन नदिने बरु पैसा दिए ठेक्का मार्फत बनाउने भन्दै सुकुम्वासी र विपन परिवारलाई घर पाउन वाट बञ्चित गरेको उनीहरूले बताए ।

‘साझेदार संस्था आफु अनुकुल घर बनाए दिने भन्दा गाउँपालिका अध्यक्षले हुदैन् भन्नुभयो,’ झाले भने,‘पैसा दिनुस हामी आफै ठेक्का मार्फत घर बनाउने छौ भनेर दातृ निकायलाई भने । त्यसपछि उनीहरू त्यसो भए घर नबनाउने भन्दै फर्किए ।’ सो गाउ“पालिका वडा नम्बर २ का वडा अध्यक्ष किशोर पाण्डेले वडाले गरेको सर्वसम्मत निर्णयलाई समेत अध्यक्ष कामतले आलटाल गर्दै आफु अनुकुल काम गर्न लागेको बताए ।

सुकुम्बासीलाई एकै स्थानमा घर बनाएर दिन जग्गा समेत उपलब्ध गराए पनि गाउँपालिका प्रमुखले वडाको सिफारिसलाई नमान्ने मनसाय बनाएको बताए । उनले भने ‘वडाको काम माथी गाउँपालिका प्रमुखले हस्तक्षेप गर्नुभएको छ ।’

गाउँपालिका प्रमुख रामकुमार कामतले विपक्षीले निराधार आरोप लगाउने गरेको बताए । उनले सुकुम्बासीलाई घर दिने की नम्बरीबाला लाई भन्दै नेकपाले बदनाम गर्न लागेको बताए । उनले भुमिहिनलाई घर बनाउन गाउ“पालिका तयारी गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५