AArya
RUMPUM
animated ellipse animated ellipse

बालबालिकाकालाई शैक्षिक सामाग्री वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ जेष्ठ २०७६, बुधबार १८:४३
3
Shares

विराटनगर / विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा आज मोरङका ५ वटा स्थानीय तहका झण्डै चार दर्जन बालबालिकाकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।

विराटनगर १९ वैजनाथपुर, कटहरी ५ र ६, ग्रामथान १ र २ , हरैचा र बुढीगंगा ६ र ७ का १४ बर्ष मुनीका ४३ जना बाल श्रमिकलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । बल्र्ड भिजन इन्टरनेशनलसँगको सहकार्यमा नारी विकास संघ विराटनगरले ग्रामथान १ लखन्तरीमा आज एक कार्यक्रमको आयोजना गरि शैक्षिक सामाग्री वितरण गरेको हो ।

बालबालिकालाई विद्यालय पोशाक, व्याग, कापी एक दर्जन र एक प्याकेट डटपेन वितरण गरिएको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताइन् । बाल श्रमबाट मुक्त भएको र पुन ः विद्यालय भर्ना भएका बालबालिकालाई शैक्षिक सहयोग गरिएको उनले बताइन् । बालबालिकालाई ग्रामथान १ का वडाध्यक्ष नमोनारायण माझीले शैक्षिक सामाग्री वितरण गरे । ८ वटा वटामा गत जनवरीमा गरिएको अध्ययनमा २ सय ६ जना बालश्रमिक भेटिएको नारी विकास संघकी कार्यक्रम संयोजक अधिकारीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर