CLASSICTECH NET

स्वर्गीय शैलजा आचार्यको स्मृती दिवशको अवसर उत्कृष्ट विद्यार्थीलाई सम्मान

खबर पूर्वाञ्चल, २९ जेष्ठ २०७६, बुधबार १८:३७

विराटनगर /२० बर्ष देखि मोरङको जहदा —४ मा कृष्णप्रसाद कोइराला गुठीबाट सञ्चालनमा आएको “शैलजा आचार्य पोलिटेक्निकल कलेज”ले नेपाली राजनीतिका आर्दश नारी स्वर्गीय शैलजा आचार्यलाई स्मरण गरेको छ ।

आचार्यको १० औ.स्मृती दिवशको अवसर पारेर आज कलेजले उत्कृष्ट छात्र÷छात्रालाई सम्मान समेत गरेको छ । विभिन्न विद्यामा अध्ययनरत २९ जना छात्र÷ छात्रालाई पुरस्कृत र सम्मानित गरेको कलेजका अध्यक्ष मीता आचार्यले बताईन् ।

प्रदेश न .१ का प्रदेश प्रमुख प्रा.डा गोबिन्दबहादुर तम्बाहाङले उत्कृष्ट छात्र÷छात्रालाई पुरस्कार तथा प्रमाण पत्र दिएर सम्मान गरे । प्रदेश प्रमुख प्रा.डा.तुम्बाहाङले नेपालको राजनीतिमा स्वर्गीय आचार्यको योगदानको चर्चा गर्दै नेतृ आचार्यको नाममा प्राविद्यिक शिक्षा सञ्चालन हुदै आएकोमा प्रशंसा गरे । शैलजा आचार्य स्मृती छात्रवृती कोषबाट कलेज र महेन्द्र मावि जहदा—७ का ३ जना छात्र÷छात्रा गरि १४ जना तथा विभिन्न दाताबाट प्राप्त रकमबाट १५ जनालाई सम्मानित गरिएको हो ।

विस २०५६ सालमा समाजसेवी चन्द्रिकाप्रसाद लोहनीले शिलान्यास गरेको यो कलेजले विस २०५८ सालमा सिटिभीटीसँग सम्झौता गरेर प्राविद्यिक शिक्षा सञ्चालन गर्दै आएको छ । अध्यक्ष आचार्यका अनुसार हाल यस कलेजमा १८ महिने अनमी , आयूर्वेद , जेटीए , भेटनरी तथा ३ बर्षे डिप्लोमा स्टाफ नर्स , कृषि , बाली विज्ञान , अटो विज्ञान र १२ महिना सिलाई कटाई तालीम संचालन भैरहेको छ । हाल यस कलेजमा ५ सय छात्र÷छात्रा अध्ययनरत रहेका छन ।

विस २०५८ सालमा नेपालका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरको उपस्थितिमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद कोइरालाले यस कलेजको उदघाटन गरेका हुन् । मोरङ क्षेत्र न ५ का सासंद शिबकुमार मण्डलले स्वर्गीय आचार्यले नेपालको प्रजातन्त्रीक आन्दोलनमा पुर्याएको योगदानको उच्च प्रशंसा गरे ।

सासंद मण्डलले आचार्यको नाममा सञ्चालनमा आएको कलेजले हजारौ प्राविद्यक उत्पादन गरेर उदाहरणीय कार्य गरेको चर्चा गरे । स्मृती सभामा कांग्रेस नेता राजेश गुप्ता , गयान्नद मण्डल ,कलेजका प्रिन्सिपल सन्त बहादुर अधिकारी , सञ्चालक सदस्य जवाहरलाल मण्डल , सिटिभीटीका प्रदेश प्रमुख शिब दाहाल र नेकपाका प्रदेश सदस्य भोगेन्द्र यादवले स्वर्गीय आचार्यले नेपालको राजनीतिमा पुर्याएको योगदानको स्मरण गरे ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५