CLASSICTECH NET

अफगानिस्तानमाथि सहज जित निकाल्दै विश्वकप क्रिकेटमा न्युजिल्याण्डको अपराजित यात्रा कायमै

खबर पूर्वाञ्चल, २६ जेष्ठ २०७६, आईतवार ०७:५९

विराटनगर / इंग्ल्याण्ड तथा वेल्समा जारी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले अफगानिस्तानमाथि सहज जित निकाल्दै विश्वकपमा लगातार तेस्रो जित हात पार्दै अपराजित यात्रा कायम राखेको छ ।

शविबार मध्यरातमा सम्पन्न भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको छ । अफगानिस्तानलाई दिएको १ सय ७२ रनको लक्ष्य न्यूजिल्याण्डले ३२ दशमलव १ बलमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । न्युजिल्याण्डको जितमा कप्तान केन विलियम्सनले ७९ रन र टम लेथम १३ रनमा नटआउट रहे । त्यस्तै रोस टेलर ४४ रन, कोलिन मुनरो २२ रा र माटिन गुप्टिन शुन्यमा आउट भए । अफगानिस्तानलकाअफताव आलमले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४१ द्यशमलव १ बलमा सबै विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । अफगानिस्तानकालागि हजमतुल्लाको ५९ रन बनाए भने हजरातुल्लाह जजाईले ३४ रन र नुर अल जरदालले ३१ बनाए । फगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा जेम्स निशमले ५ विकेट लिए भने लोकी फर्गुसनले ४ विकेट लिए ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५