CLASSICTECH NET

लेटाङको लाख गाउँको डाडामा माइली पाथिभरा माताको मन्दिर शिलान्यास

खबर पूर्वाञ्चल, २५ जेष्ठ २०७६, शनिबार १९:३२

लेटाङ / लेटाङ नगरपालिका १ लाखगाउँमा रहेको डाडाँमा माइली पाथिभरा माताको मन्दिर शिलान्यास गरिएको छ । लेटाङ नगरपालिकाका मेयर शंकर राइले आज मन्दिरको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै मेयर राइले लेटाङ नगरपालिकामा रहेका धार्मिक र पर्यटकिय क्षेत्रको संरक्षण गरिरहेको बताए । राइले धार्मिक पर्यटन विकास गर्न यस क्षेत्रका स्थानियको ठुलो भुमिका रहेको उल्लेख गर्दै मन्दिर परिसरमा तारवार वा कम्पाउण्ड वाल निर्माण र मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । मेयर राइले सांस्कृतिक संरचनाहरुको दिगो संरक्षणमा जुट्ने स्थानियवासीको खुलेर प्रशंसा समेत गरेका थिए । उनले लेटाङमा रहेका राजारानी,कुलाहाङ् झरना र पाथिभरा माता रहेका स्थानलाई प्रचार प्रसार गर्न र पर्यटकिय गन्तव्यकारुपमा विकास गर्न लागिपर्ने बताए ।

लाख गाउँको एकवारी सामुदायीक बनको चुरे थुम्कोमा रहेको मनमोहक क्षेत्रमा ९ तल्ले पाथिभरा माताको मन्दिर बनाउने स्थानियको लक्ष्य रहेको छ । स्थानीय एक यूवतीमा पाथिभरामाताको शक्ति उत्रेको र उनकै भनाइ अनुसार खोज्दा सो स्थान उपयुक्त भएको भन्दै स्थानीय जनताहरु पाथिभरा माताको मन्दिर बनाउन उत्साहित भएका हुन् । उक्त स्थान पहिले पनि शक्तिप्रदान स्थल भनेर चर्चित रहेको मन्दिर ब्यवस्थापन समितिका सल्लाहकार ललित तामाङले जानकारी दिए ।

स्थानीय दिलबहादुर लिम्बु (सुर्य) को अध्यक्षतामा मन्दिर ब्यवस्थापन र पुजाआजा कार्यक्रम तथा ब्यवस्थापनको काम थालिएको छ । यस स्थानमा शान्तिको भावना उत्पन्न हुने विस्वास रहेको भन्दै लिम्बुले आम धर्मानुरागीहरुको भिड लाग्न थालेको बताए ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५