CLASSICTECH NET

कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी, एकको मृत्यु

खबर पूर्वाञ्चल, २४ जेष्ठ २०७६, शुक्रबार ०५:२६

कैलाली / कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको भीषण हावाहुरीमा परेर कम्तीमा एकजनाको ज्यान गएको छ । हावाहुरीका कारण दुवै जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ ।

स्थानीय घाइते हुनुका साथै केही सवारी साधन समेत हावाले उडाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने १ सय ४० भन्दा बढी घाइते भएका छन् ।

हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले जानकारी दिए । उनका अनुसार टिनका छाना भएका अधिकांश घरमा क्षति ठुलो छ भने ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ ।

कञ्चनपुरमा घाइतेमध्ये १५ जनालाई उपचारका लागि महकाली अञ्चल अस्पतालमा भर्ना गरिएको छ । जसमा ४ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि अन्यत्र रिफर गरिएको अस्पताललले जनाएको छ । कैलालीमा घाइतेको संख्या ५० भन्दा माथि पुगिसकेको छ । अस्पतालका अनुसार हावा हुरीका कारण घाइतेहरु आउने क्रम बढिरहेको छ । राति ८ बजेदेखि करिब ४० मिनेटसम्म चलेको हावाहुरीले कैलाली र कञ्चनपुरमा कम्तीमा एकजनाको ज्यान लिएको छ भने कयौँ घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५